बिहीबार , असोज ३ गते २०८१

थामिएन सेयर बजारको ओरालो यात्रा, परिसूचक २५ सयमा झर्‍यो

थामिएन सेयर बजारको ओरालो यात्रा, परिसूचक २५ सयमा झर्‍यो

अखबार दैनिक
सोमबार, भदौ ३१ २०८१
  • थामिएन सेयर बजारको ओरालो यात्रा, परिसूचक २५ सयमा झर्‍यो

    काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज सेयर बजार परिसूचक ५७ दशमलव ०३ अंकले घटेर २५८० दशमलव ७६ को विन्दुमा झरेको छ ।

    images

    सोमबार ३१२ कम्पनीका ९२ हजार ८ सय १५ पटकको कारोबारमा १ करोड ७० लाख ६१ हजार ८ सय ७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३ सय ८३ रुपैयाँ रहेको छ ।

    २२७ कम्पनीको सेयर मूल्य घट्दा १२ वटाको बढेको छ भने ३ वटाको स्थिर रहेको छ । १३ उपसमूहमध्ये सबै राताम्मे हुँदा जीवन बीमा र निर्जीवन बीमा सर्वाधिक घटेको छ । आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा सीइडीबी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ