काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आज बजार ५०.७३ अंकले घटेर २६३७ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज बजार खुलेको केहि मिनेटसम्म नेप्से परिसुचक बढेको थियो तर दिउँसो २ बजेपछि बजारमा बिक्री चाप उच्च हुँदा गिरावट आएको हो ।
बजार घटे पनि कारोबार रकम भने बढेको छ । आज १० अर्ब ३३ करोडको कारोबार भएको छ । आइतबार कुल २४ कम्पनीको मूल्य बढेको छ भने २१९ कम्पनीको मुल्य घटेको छ । बाकी एक कम्पनीको मुल्य स्थिर रहेको छ ।