मंगलबार, असोज २० गते २०८३

पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशालाई सरकारले गर्‍यो ६५ लाख नगदसहित सम्मान

पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशालाई सरकारले गर्‍यो ६५ लाख नगदसहित सम्मान

अखबार दैनिक
शुक्रबार, भदौ २८ २०८१
  • पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशालाई सरकारले गर्‍यो ६५ लाख नगदसहित सम्मान

    काठमाडौं । सरकारले पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई ६५ लाख नगदसहित सम्मान गरेको छ। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालवाटारमा आयोजित एक कार्यक्रमकाबीच पलेशालाई सम्मान गरिएको हो।  त्यस्तै, खेल प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार र टीम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ। 

    प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता गोवर्द्धनसहित प्रशिक्षकहरूलाई नगद र प्रशंसापत्रसहित सम्मान गरेका हुन्। राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रदान गरिएको यो पुरस्कारमा लाग्ने कर छुट गरिने निर्णय यसअघि मन्त्रिपरिषद्ले गरेको थियो। 

    पलेसाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन्। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ