काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजार घट्ने क्रमलाई निरन्तरता दिएको छ । आज बजार २२.७३ अंकले घटेर २६१० मा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
अघिल्लो दिन ७ अर्ब २४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ८५ करोडको बारोबार भएको छ । कारोबामा आएका कम्पनीहरु मध्ये ६६ कम्पनीको मूल्य बढ्दा १७४ कम्पनीको मुल्य घटेको छ । बाकी ४ कम्पनी भने स्थिर रहेको छ ।
फाइनान्स ०.४३, निर्जीवन बीमा ०.०१ र व्यापार ०.१६ प्रतिशत बढे । अरु क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ०.९३, विकास बैंक १.०२, होटल तथा पर्यटन ०.६०, हाइड्रोपावर ०.९२, लगानी १.८७, उत्पादन १.०१, माइक्रोफाइनान्स ०.५४, अन्य ०.६१ प्रतिशत घटे ।