काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५५.८६ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २.०६ प्रतिशतले घटेर २६४६.०३ विन्दुमा बन्द भएको हो । यस दिन २२ कम्पनीको सेयर मूल्य बढेको छ । २२२ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । नौ अर्ब ४३ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।
हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको सेयर मूल्य ८.९८ प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेको छ । परिसूचक सर्वाधिक घट्नेमा होटेल तथा पर्यटन समूह छ ।