सोमबार, भदौ ३१ गते २०८१

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को ‘टिजर’ सार्वजनिक

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को ‘टिजर’ सार्वजनिक

अखबार दैनिक
सोमबार, भदौ १७ २०८१
  • चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को ‘टिजर’ सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ गते (लक्ष्मीपूजा) को मिति तय गरेर प्रदर्शन गर्न लागिएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को ‘टिजर’ सार्वजनिक गरिएको छ । 

    images

    आइतबार सार्वजनिक टिजरमा चलचित्रका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत देखिएका छन् । गरिबीका कारण बुवाले झेल्नुपरेको अभाव, छोराले पाएको शैक्षिक सफलता र बिछोडको पीडा टिजरमा समेटिएको छ । टिजरमा अभिभावकले सन्तानको प्रगतिका लागि गर्ने त्याग र त्यसले दिने उपलब्धि समेटिएको छ ।

    ‘पूर्णबहादुरको सारङ्गी’ एक विपन्न परिवारकाले सन्तानको सपना पुरा गर्न गर्ने सङ्घर्ष को कथा भएको निर्माता विनोद पौडेलले बताए । चलचित्रको लेखन तथा निर्देशन सरोज पौडेललेगरेका हुन् । विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बाँस्तोला, श्याम केसी, जानवी पौडेललगायतले चलचित्रमा अभिनय गरेका छन् । 

    सेभेन सिज सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको चलचित्रको निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् । सामाजिक कथामा निर्माण गरिएको यस चलिचित्रको मूल कथा गन्धर्व परिवारमा आधारित छ । चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । 

    चलचित्रको कार्यकारी निर्माता रमेश चौलागाईँ, हरि श्रेष्ठ र रमेश ढकाल छन् । प्रशान्त सिवाकोटीको सङ्गीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर चलचित्रमा  सुन्न सकिन्छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ