सोमबार, भदौ ३१ गते २०८१

जापानमा ताइफुनका कारण मर्नेको सङ्ख्या ६ पुग्यो

जापानमा ताइफुनका कारण मर्नेको सङ्ख्या ६ पुग्यो

अखबार दैनिक
शुक्रबार, भदौ १४ २०८१
  • जापानमा ताइफुनका कारण मर्नेको सङ्ख्या ६ पुग्यो

    एजेन्सी । जापानमा शानशान ताइफुनका कारण मर्नेको सङ्ख्या ६ पुगेको छ । ताइफुनका कारण शुक्रबार देशभरमा कीर्तिमानी वर्षा भइरहेको छ । वर्षाका कारण सवारी आवागमन प्रभावित भएको छ भने कयौँ स्थानमा पहिरो जाने चेतावनी जारी गरिएको छ ।  

    images

    शानशान ताइफुनलाई जापानमा एक दशकयताकै सबैभन्दा डरलाग्दो ताइफुन मानिएको छ । ताइफुन केही कमजोर बनेको र सोमबारसम्ममा उष्णकटिबंधीय चक्रवातमा परिणत हुने प्रक्षेपण गरिएको छ । तर शुक्रबार बिहानतिर प्रतिघण्टा १२६ किमीका दरले आँधी चलिरहेको थियो । क्युशुमा मंगलबार अबेर रात पहिरो जाँदा एके परिवारको तीन जनाको मृत्यु भएको थियो ।

    थप चार जनाको मृत्यु भएको सरकारका प्रवक्ता योशिमासा हायाशीले पुष्टि गरेका छन् । एक जनाको मृत्यु ताइफुनसँग सम्बन्धित हो हाइन् भनेर अध्ययन भइरहेको बताइएको छ । अरू दुई जना पनि मरेको हो कि भन्ने आशंका गरिएको तर यसको पुष्टि भइनसकेको उनले बताए । अन्य दुई जना भने बेपत्ता भएको भनिएको छ । ताइफुनका कारण अरू आठ जना गम्भीर घाइते भएका छन् । ७० जनालाई भने सामान्य चोटपटक लागेको हायासीले भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ