बिहीबार , भदौ २७ गते २०८१

अस्पतालमा बिरामीको लाइन अन्त्य गराउन प्रधानमन्त्रीको चासो

अस्पतालमा बिरामीको लाइन अन्त्य गराउन प्रधानमन्त्रीको चासो

अखबार दैनिक
शुक्रबार, साउन २५ २०८१
  • अस्पतालमा बिरामीको लाइन अन्त्य गराउन प्रधानमन्त्रीको चासो

    प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरूमा उपचार गराउन जानुपर्ने अवस्था अन्त्य गर्न छलफल थालेका छन्। प्रधानमन्त्री ओलीले बिहीबार साँझ सिंहदरबारमा स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, मुख्यसचिव लिलादेवी गड्तौलासँग छलफल गरेका हुन्।

    images

    त्यसक्रममा प्रधानमन्त्री ओलीले बिरामीलाई बिनालाइन र सहजरूपमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छ भनेर जिज्ञासा राखेका थिए। प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उचित सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गरे। 

    ‘सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरे बिरामीलाई क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो। बिरामीलाई भर्ना नगरी उपचारै नथाल्ने र पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उनले स्वास्थ्य बीमालाई व्यवहारिक र कार्यान्वयनयोग्य बनाउन आग्रह गरे। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ