शुक्रबार, मंसिर १४ गते २०८१

बेलायतमा शरण नपाउँदासम्म हसिना भारतमै बस्ने

बेलायतमा शरण नपाउँदासम्म हसिना भारतमै बस्ने

अखबार दैनिक
बुधबार, साउन २३ २०८१
  • बेलायतमा शरण नपाउँदासम्म हसिना भारतमै बस्ने

    पूर्व बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना बेलायतमा शरण नपाउँदासम्म भारतमै बस्ने भएकी छिन् । रिपब्लिक टिभीको समाचारलाई उद्धृत गर्दै बङ्गलादेशको अङ्ग्रेजी भाषाको दैनिक द डेली स्टारले समाचार लेखेको छ ।

    images

    हसिना अन्यत्र नजाँदासम्म भारतले उनका लागि सबै लजिष्टिक टेवा उपलब्ध गराउने पनि समाचारमा भनिएको छ । हसिनालाई भारतले सुरक्षित स्थानमा राखेको छ । यतिबेला भारतको हवाई बल र अन्य सुरक्षा एजेन्सीहरूले हसिनालाई सुरक्षा दिइरहेको अज्ञात स्रोतलाई उद्धृत गरेर एएनआईले समाचार छापेको छ ।

    दिल्लीमा हसिनाले आफ्नो छोरीलाई भेट्न सक्ने बताइएको छ । हसिनाकी छोरी साइमा वाजिद दिल्लीमा विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार