बुधबार, कात्तिक १४ गते २०८१

नेपालको संविधानले नेपाली जनतालाई मालिक बनाएको छ :राष्ट्रपति पौडेल

नेपालको संविधानले नेपाली जनतालाई मालिक बनाएको छ :राष्ट्रपति पौडेल

अखबार दैनिक
बिहीबार , साउन १७ २०८१
  • नेपालको संविधानले नेपाली जनतालाई मालिक बनाएको छ :राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अग्रज नेताहरूको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट गणतन्त्र प्राप्त भएको बताएका छन्। 

    images

    पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको बताएका हुन्।

    उनले भने,"नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको छ। हामी त्यही संविधान कार्यान्वयनको चरणमा छौं तर पनि अझै हामीले जनताले अनुभूत गर्नसक्ने गरी यसको व्यवाहारिक कार्यान्वयन गर्न नसकिरहेको अवस्था चिन्ताको विषय हो।"

    उनले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताए। पुष्पलाल नेपाली राजनीतिका एक मुर्धन्य, प्रतिभाशाली, ईमान्दार र स्वप्नशील नेता भएको धारणा राखे। 

    उनले भने,‘पुष्पलाल हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तरविरोध र संकटहरू समाधान हुनसक्छन् भन्ने ठान्नु आफंैमा त्यो समयको कम्युनिष्ट आन्दोलनका लागि महत्वपूर्ण प्रस्ताव थियो र त्यसले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक मार्ग प्रसस्त गर्यो। यसका लागि पुष्पलालको ठूलो योगदान छ भन्ने मलाई लाग्छ।’ 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार