बुधबार, भदौ ३१ गते २०८३

गोलभेँडा  प्रतिकिलो ३० रूपैयाँमै पाइन थाल्यो

गोलभेँडा  प्रतिकिलो ३० रूपैयाँमै पाइन थाल्यो

अखबार दैनिक
आइतबार, साउन ६ २०८१
  • गोलभेँडा  प्रतिकिलो ३० रूपैयाँमै पाइन थाल्यो

    पछिल्लो समय बजारमा गोलभेँडाको मूल्य सस्तिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। कालीमाटी बजारमा गोलभेँडा ठूलो, सानो लोकल र टनेल गरी तीन प्रकारका आउँछन्। त्यसमध्ये ठूलो गोलभेँडा भारतबाट पनि आउने गरेको छ।

    समितिको तथ्यांक अनुसार आइतबार कालीमाटी बजारमा लोकल गोलभेँडाको होलसेल भाउ प्रतिकिलो १२ रूपैयाँदेखि १८ रूपैयाँ छ। त्यस्तै, सानो टनेल गोलभेँडा १७ देखि ३० रूपैयाँ छ भने ठूलो गोलभेँडाको ९० देखि एक सय रूपैयाँमा तोकिएको छ।

    शनिबारदेखि बजारमा गोलभेँडाको मूल्यमा अत्यन्तै गिरावट आएको कालीमाटी बजारका होलसेल व्यापारी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। 'अहिले बजारमा धेरै गोलभेँडा छ। त्यो भएर सस्तिएको हो,' उनले भने। हाल बजारमा प्रतिक्रेट गोलभेँडाको मूल्य तीन सयदेखि पाँच सय रूपैयाँ छ।

    कालीमाटी बजारमा उपभोक्ताले प्रतिकिलो ३० देखि ३५ रूपैयाँमा गोलभेँडा पाइरहेको उनले जानकारी दिए। गोलभेँडाको मुख्य बजार काठमाडौं, हेटौंडा, पोखरा र नारायणघाट हो। काठमाडौंमा भक्तपुर, धादिङ, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, चितवन र भारतबाट गोलभेँडा आउने गरेको छ।

    उनका अनुसार काठमाडौंबाट हेटौंडा, नारायणघाट लगायतका बाहिरी जिल्लामा पनि जाने गरेको छ। तर, अहिले निरन्तर झरीले बाटो बिग्रिएका कारण बाहिर पठाउन नसक्दा यहाँ गोलभेँडाको भाउ सस्तिएको हो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार