आइतबार, भदौ २३ गते २०८१

बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत

बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत

अब लेबर पार्टीका ६१ वर्षीय नेता कियर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने छन् ।

अखबार दैनिक
शुक्रबार, असार २२ २०८१
  • बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत

    काठमाडौं । बेलायतको चुनाव जित्दै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ । कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले सरकार बनाउनका लागि आवश्यक ३२६ सिटको आँकडा पार गरिसकेको छ ।

    images

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शुरुआती नतिजामा लेबर पार्टीले ३४४ सिट जितिसकेको छ । तर वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले यो समाचार तयार पार्दासम्म ७२ सिट मात्र जितेको छ ।

    मत सर्वेक्षणले बेलायतका कुल ६५० सिटहरुमध्ये लेबर पार्टीले ४१० सिट जित्ने र कन्जरभेटिभ पार्टी १३१ सिटमा समेटिने देखाएको थियो । सन् २०१९ मा कन्जरभेटिभ पार्टीले ३६४ सिट जित्दा लेबर पार्टीले २०३ सिट मात्र जितेको थियो ।

    यसपटक स्थिति उल्टिएको छ  र लेबर पार्टीले भारी बहुमत हासिल गरेको छ । ६१ वर्षीय कियर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनी सन् २०२० मा लेबर पार्टीको नेता चुनिएका थिए ।

    चुनावमा खराब नतिजा आएपछि कन्जरभेटिभ पार्टीका नेताहरुको आलोचना भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ