सोमबार, मंसिर १० गते २०८१

अरनिकोका कर्मचारीले बनेपामा बाटो बन्द गर्दा विवाद

अरनिकोका कर्मचारीले बनेपामा बाटो बन्द गर्दा विवाद

अखबार दैनिक
बुधबार, जेठ २३ २०८१
  • अरनिकोका कर्मचारीले बनेपामा बाटो बन्द गर्दा विवाद

    काठमाडौं । काभ्रेको बनेपामा हिमाल–तराई यातायात सेवा प्रालि र अरनिको यातायात सेवा प्रालिका कर्मचारीहरुबीच कुटाकुट भएको छ ।

    images

    445492983_2184204811977849_7224761514432249627_n.jpg

    अरनिको यातायातका कर्मचारीहरुले मूल सडकमै बस तेर्स्याएर चक्काजाम गरेपछि विवाद भएको थियो । सोही क्रममा दुई यातायात सेवाका कर्मचारीहरुबीच झडप भएको । यातायात खुलाउने प्रयासमा पुगेका ट्राफिक प्रहरीकै सामुन्ने उनीहरुबीच कुटाकुट भएको थियो । पछि प्रहरीले छुट्याएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक राजाराम खतिवडाले अहिले अवस्था सामान्य रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार