मंगलबार, असार २५ गते २०८२

गण्डकी गाउँपालिकामा २९ जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

गण्डकी गाउँपालिकामा २९ जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

अखबार दैनिक
आइतबार, वैशाख ७ २०७७
  • गोरखा, ६ वैशाख । गोरखाको गण्डकी गाउँपालिकाले विदेशबाट फर्किएहरुको र्‍यापिड डाइनोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण सम्पन्न गरेको छ । शनिबार पालिकामा विदेशबाट आएका २९ जनाको र्‍यापिड टेस्ट गरिएकोमा सबैकोमा नेगेटिभ देखिएको गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत राकेश गुरुङले जानकारी दिए। पालिकाका २९ जनाको र्‍यापिड टेस्ट विधिबाट दुई ठाउमा टेस्ट गरिएको थियो । गाउँपालिकाको वाड नम्बर ५ (दर्बुङ्ग) र नम्बर १ (मकैसिङ्ग) को स्वास्थ्य चौकीमा र्‍यापिड टेस्ट गरिएको हो । जसमा मकैसिङ्ग प्राथमिक स्वास्थ केन्द्रमा १४ जनाको र दर्बुङ्ग स्वास्थ केन्द्रमा १५ जनाको र्‍यापिड टेस्ट गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ