सोमबार, मंसिर १० गते २०८१

चितवनमा चार सवारी साधन एकापसमा ठोक्किदा एक जनाको मृत्यु २२ जना घाइते

चितवनमा चार सवारी साधन एकापसमा ठोक्किदा एक जनाको मृत्यु २२ जना घाइते

अखबार दैनिक
सोमबार, जेठ १४ २०८१
  • चितवनमा चार सवारी साधन एकापसमा ठोक्किदा एक जनाको मृत्यु २२ जना घाइते

    जेठ १४ काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गएराति चार सवारी साधन एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट महोत्तरीतर्फ आउँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस गएराति साढे १२ बजे एकापसमा ठोक्किएका थिए । दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको हो । 

    दुर्घटनापश्चात् राति सडक अवरुद्ध भएको थियो । आज बिहानदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।  

    घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण भने आउन बाकी छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार