मंगलबार, असोज १ गते २०८२

संस्कृति इन्टरनेशनल स्कुलः प्रतिष्ठित आईपीसी अक्रेडिटेशन प्राप्त गर्ने दक्षिण एशियाकै पहिलो विद्यालय

संस्कृति इन्टरनेशनल स्कुलः प्रतिष्ठित आईपीसी अक्रेडिटेशन प्राप्त गर्ने दक्षिण एशियाकै पहिलो विद्यालय

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • काठमाडौं– संस्कृति इन्टरनेशनल स्कुल प्रतिष्ठित फिल्डवर्क एजुकेशन युकेको पाठ्यक्रम शैली अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम (आईपीसी) को आधिकारिक मान्यता प्राप्त गर्ने दक्षिण एशियाकै पहिलो विद्यालय बन्न सफल भएको छ । यो मान्यता फिल्डवर्क एजुकेशन युकेले त्यस्ता विद्यालयहरुलाई प्रदान गर्दछ जसले व्यक्तिगत सिकाईलाई प्रोत्सहान गर्न र स्पष्ट अध्ययन प्रक्रियामा केन्द्रित रहेर प्रत्येक विषयमा विशेष लक्ष्य हासिल गर्न विस्तृत, विषयगत, रचनात्मक पाठ्यक्रम अनुसरण गर्दछ । विश्वभरका ९२ वटा देशमा ७३० भन्दा बढि विद्यालयहरुले पालना गर्ने आईपीसीको आधिकारिक अक्रेडिटेशन हालसम्म १७ वटा विद्यालयले मात्र प्राप्त गरेका छन् र संस्कृति इन्टरनेशनल स्कुल ती १७ विद्यालय मध्यको एक हो । आईपीसी अक्रेडिटेशनका लागि विद्यालयले फिल्डवर्क एजुकेशनको कठिन आत्म–समिक्षा प्रक्रिया, अक्रेडिटशेन प्राप्त गर्न टोलीको भ्रमण र अध्ययनमा केन्द्रित र निरन्तर सुधारको बाह्य प्रस्तुतीलाई पार गर्नुपर्दछ । संस्कृति इन्टरनेशनल स्कुलले अध्ययनलाई सुधार गर्न इन्टरनेशनल अर्ली इयर करिक्युलम (आईईवाईसी), इन्टरनेशनल प्राइमेरी करिक्युलम (आईपीसी), इन्टरनेशनल मिडल इयर करिक्युलम (आईएमवाईसी) का सर्वाेत्कृष्ट विधि प्रयोग गरि राष्ट्रिय पाठ्यक्रमसँग सफल परिमार्जन गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार