शनिबार, जेठ ५ गते २०८१

काठमाडौं महानगरपालिकाले सहकारीबाट लिएको रकम समयमै चुक्ता गर्न आग्रह : ऋण समयमै नतिर्नेलाई कारबाही

काठमाडौं महानगरपालिकाले सहकारीबाट लिएको रकम समयमै चुक्ता गर्न आग्रह : ऋण समयमै नतिर्नेलाई कारबाही

अखबार दैनिक
सोमबार, चैत ५ २०८०
  • काठमाडौं महानगरपालिकाले सहकारीबाट लिएको रकम समयमै चुक्ता गर्न आग्रह : ऋण समयमै नतिर्नेलाई कारबाही

    ५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारीबाट लिएको रकम समयमै चुक्ता गर्न आग्रह गरेको छ । महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको साँवा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।

    images

    ऋणीहरूले समयमै रकम चुक्ता नगर्दा सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको भन्दै विभागले जुन सम्झौता र सर्त बमोजिम लिइएको हो सोही बमोजिम रकम फिर्ता गर्न भनेको छ ।

    सहकारीबाट लिएको ऋण तिर्नु नपर्ने भ्रम फैलाइएको र सोही अनुसार केहीले ऋण चुक्ता गर्न बहाना गरेको गुनासो आएको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार