शुक्रबार, मंसिर ७ गते २०८१

कोका–कोलाद्वारा ‘द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वर्ल्ड रेकर्ड

कोका–कोलाद्वारा ‘द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वर्ल्ड रेकर्ड

अखबार दैनिक
आइतबार, चैत ४ २०८०
  • कोका–कोलाद्वारा ‘द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वर्ल्ड रेकर्ड

    काठमाडौँ । कोका–कोलाले नेपालमा ‘द लार्जेस्ट मोमो पार्टी’को आयोजना गर्दै विश्व कीर्तिमान कायम गरेको छ । ठुलो मोमो पार्टीको आयोजना गरेसँगै गिनिज वर्ल्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ ।

    images

    शुक्रबार, चैत २ गते बौद्ध, काठमाडौँस्थित हायात रेजेन्सी ग्राउन्डमा ‘काठमाडौँ  इज कुकिंग’को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोमो पार्टी’मार्फत नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेको हो । यससँगै कम्पनीले इतिहास रचेको बताइएको छ ।

    कोका–कोलाले ५०० जना भन्दा बढी उत्साही सहभागीहरूका साथ यो कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो । प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएको थियोे । खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हईजिन इन्स्पेक्टर र दुईजना साक्षीहरू पनि कार्यक्रममा उपस्थित रहेका थिए ।

    कार्यक्रम लगभग १५ मिनेट चलेको थियो र सहभागीहरूले कोका–कोलासँगै मोमोको स्वाद लिएका थिए । यस उपलब्धिले समुदायमा हर्ष र एकताका क्षणहरू सिर्जना भएको छ र यसका लागि कोका–कोला सदैव तत्पर रहेको कम्पनीको भनाई छ ।

    कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कालियाले कम्पनीको उपलब्धिमा गर्व व्यक्त गर्दै भनिन्, ‘कोका–कोला र मोमो नेपालीहरूलाई साँच्चै नै मन पर्दछ र यो उपलब्धि त्यसकुराको साक्षी बन्न पुगेको छ ।’ कोका–कोलाले नेपालमा आफ्नो ५० वर्ष मनाउँदै गर्दा, यो गिनिज वर्ल्ड रेकर्ड उपाधिले कोका–कोलाको सांस्कृतिक एकता र मनोरञ्जन प्रदान गर्ने आफ्नो विरासतलाई कायम गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ