आइतबार, मंसिर २ गते २०८१

प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाए

प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाए

अखबार दैनिक
शुक्रबार, चैत २ २०८०
  • प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाए

    २ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् , सुनकाे अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयाेगकाे प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न शुक्रबार साँझ ५ बजे बैठक बोलाएको उनको सचिवालय स्रोतले जनाएको छ ।

    images

    सरकारले सुनको तस्करी नियन्त्रणका विषयमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठन गरेको आयोगले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

    उक्त प्रतिवेदन उपप्रधानमन्त्री लामिछानेले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् । स्रोतका अनुसार उक्त प्रतिवेदनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा कारबाही चलाउन सिफारिस गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ