शनिबार, जेठ ५ गते २०८१

सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

अखबार दैनिक
सोमबार, फागुन २१ २०८०
  • सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

    २१ फागुन, काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सोमबार दोस्रो सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

    images

    २० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेको हो । दाेस्रो सर्किटपछि  नेप्से परिसूचक ९८ अंक बढेर २०५९ अंकमा पुगेको छ ।

    अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । त्यसपछि खुलेको बजारमा थप १ प्रतिशत विन्दु वा कुल ५ प्रतिशत घटेमा वा बढेमा दोस्रो सर्किट ब्रेक लाग्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार