शनिबार, जेठ ५ गते २०८१

बुधबार सुन–चाँदीको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ किनबेच?

बुधबार सुन–चाँदीको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ किनबेच?

अखबार दैनिक
बुधबार, फागुन १६ २०८०
  • बुधबार सुन–चाँदीको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ किनबेच?

    नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ सामान्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको भाउ यस दिन अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

    images

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार तीन सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ८० रूपैयाँमा कारोबार भएको थियो।

    मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार