बिहीबार , वैशाख २७ गते २०८१

नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनको अध्यक्षमा जयराज जोशी थिङ्क ट्याङ्क प्रमुखमा बद्रीप्रसाद कार्की चयन

नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनको अध्यक्षमा जयराज जोशी थिङ्क ट्याङ्क प्रमुखमा बद्रीप्रसाद कार्की चयन

अखबार दैनिक
सोमबार, माघ २२ २०८०
  • नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनको अध्यक्षमा जयराज जोशी थिङ्क ट्याङ्क प्रमुखमा बद्रीप्रसाद कार्की चयन

    ०८० माघ २२ गते । नेपाल प्रज्ञा–प्रतिष्ठान, कलाकार तथा कर्मचारी सङ्गठनको अध्यक्षमा जयराज जोशी चयन भएका छन् । उमेर हदका कारण प्रतिष्ठानको सेवाबाट अवकाश हुन लागेका उत्तमराज उपाध्यायले सङ्गठन पुनर्गठनका निम्ति राजनीमा दिएकाले रिक्त पदमा जयराज जोशीलाई चयन गरिएको बताइएको छ । सङ्गठनको दसौँ बैठकबाट कार्यसमितिलाई विस्तार गरी २१ सदस्यीय बनाइएको छ । उक्त समितिमा देहायबमोजिको पदाधिकारी र सदस्य रहेका छन् ।
    सल्लाहकार: श्री उत्तमराज उपाध्याय
    अध्यक्ष: श्री जयराज जोशी
    उपाध्यक्ष: श्री सविना ज्ञवाली घिमिरे
    महासचिव: श्री रञ्जन घिमिरे
    सचिव: श्री कर्णबहादुर कुमाल
    कोषाध्यक्ष: श्री सावित्री डुम्रे
    सदस्यहरु: श्री रमेश अधिकारी, श्री रेखा थापा, श्री बद्रीप्रसाद कार्की, श्री बलराम के.सी., श्री सुरज आचार्य, श्री दामोदर खनाल (वसन्त), श्री विष्णुप्रसाद न्यौपाने, श्री लक्ष्मी ज्ञवाली, श्री मीना आचार्य, श्री जीवन जोशी, श्री मनिषा बस्नेत, श्री ध्रुवराज खनाल, श्री कल्पना भण्डारी, श्री कुलबहादुर बूढाथोकी, श्री उर्मिला भट्टराई ।

    यसै गरी सङ्गठनले आफू मातहत विभिन्न विभागहरू गठन गरेको छ । उक्त विभागमा संयोजक र सदस्यहरु देहायबमोजिम रहेको प्रेस विज्ञप्तिमार्फत बताइएको छ ।
    बौद्धिक परामर्श तथा नीति निर्माण विभाग (थिङ्क ट्याङ्क विभाग)
    संयोजक: श्री बद्रीप्रसाद कार्की, सदस्यहरू: श्री कर्णबहादुर कुमाल, श्री सुरज आचार्य, श्री लक्ष्मी ज्ञवाली, श्री जीवन जोशी ।

    आर्थिक विभाग
    संयोजक:श्री सावित्री डुम्रे, सदस्यहरू: श्री मीना आचार्य, श्री मनिषा बस्नेत, श्री ध्रुवराज खनाल, श्री उर्मिला भट्टराई ।

    महिला विभाग
    संयोजक: श्री मीना आचार्य, सदस्यहरू: श्री लक्ष्मी ज्ञवाली, श्री मनिषा बस्नेत, श्री कल्पना भण्डारी, श्री उर्मिला भट्टराई ।

    अतिरिक्त क्रियाकलाप विभाग
    संयोजक: श्री दामोदर खनाल वसन्त, सदस्यहरू ः श्री मीना आचार्य, श्री जीवन जोशी, श्री कुलबहादुर बुढाथोकी, श्री ध्रुवराज खनाल ।

    यसै गरी सङ्गठनले नियमित कामकारबाही अगाडि बढाउन र सङ्गठनलाई सक्रिय, गतिशील बनाउन ९ सदस्यीय सचिवालय गठन गर्ने निर्णय गरेको छ । उक्त समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित श्री बद्रीप्रसाद कार्की, श्री दामोदर खनाल वसन्त, श्री सुरज आचार्य, श्री मीना आचार्य रहनुहुने छ । आगामी कार्ययोजना, कार्यदिशा तथा कार्यक्रम तय गर्नका लागि ७ दिनभित्र आवश्यक सुझावसहित रोडम्याप तय गर्न कार्यसमितिका सदस्य तथा बौद्धिक परामर्श तथा नीति निर्माण विभाग (थिङ्क ट्याङ्क विभाग) प्रमुख बद्रीप्रसाद कार्कीको संयोजकत्वमा कर्णबहादुर कुमाल, सुरज आचार्य, दामोदर खनाल वसन्त, मीना आचार्य, लक्ष्मी ज्ञवाली, श्री जीवन जोशी, ध्रुवराज खनाल, उर्मिला भट्टराई सदस्य रहेको ९ सदस्यीय समिति गठन गरेको सङ्गठनका महासचिव रञ्जन घिमिरेले बताउनुभयो । नयाँ नेतृत्व चयनबाट सङ्गठन थप ऊर्जासहित अगि बढ्न तयार भएको घिमिरेले बताउनुभयो ।
    सङ्गठनको नवनिर्वाचित अध्यक्ष जयराज जोशीले प्रज्ञा–प्रतिष्ठानलाई नियमसम्मत ढङ्गले अगाडि बढाउन सङ्गठनका तर्फबाट सहजीकरण गर्ने बताउँदै कलाकार तथा कर्मचारीको सामूहिक हितका निम्ति प्रतिबद्ध भई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘सङ्गठन केवल सङ्गठनका निम्ति होइन, कामका निम्ति हो, जुन काम हामी गरेर देखाउँछौँ’ अध्यक्ष जोशीले बताउनुभयो । सम्पूर्ण कलाकार तथा कर्मचारीको सहभागिता र अपनत्व हुने गरी आफ्नो क्रियाकलाप निस्वार्थ ढङ्गले गर्ने उद्घोष अध्यक्ष जयराज जोशीले गर्नुभयो । यसै गरी निवर्तमान अध्यक्ष तथा सल्लाहकार उत्तमराज उपाध्यायले नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरुलाई शुभकामनासहित बधाई ज्ञापन गर्दै सकारात्मक कार्यका निम्ति आफू जहाँ रहे पनि सदैव सहयोग गरी अघि बढ्ने बताउनुभयो । बैठकमा पदाधिकारी तथा सदस्यहरुले आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो । बैठकले विभिन्न १० ओटा निर्णय गरेको उपाध्यक्ष सविना ज्ञवालीले बताउनुभयो ।

    images
     
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार