आइतबार, जेठ ६ गते २०८१

बंगलादेशमा विपक्षीले बहिस्कार गरेको चुनावमा प्रधानमन्त्री शेख हसिनाको पार्टीलाई बहुमत

बंगलादेशमा विपक्षीले बहिस्कार गरेको चुनावमा प्रधानमन्त्री शेख हसिनाको पार्टीलाई बहुमत

अखबार दैनिक
सोमबार, पुस २३ २०८०
  • बंगलादेशमा विपक्षीले बहिस्कार गरेको चुनावमा प्रधानमन्त्री शेख हसिनाको पार्टीलाई बहुमत

    एजेन्सी - बंगलादेशको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टीले बहुमत सिटमा सिटमा जित हाँसिल गरेको छ।

    images

    प्रमुख विपक्षी दल बंगलादेश नेशनलिष्ट पार्टी बीएनपी र उनका सहयोगी दलहरूले बहिस्कार गरेको निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टी अवामी लिगले बहुमत प्राप्त गरेको बिबिसीले जनाएको छ।

    कुल तीन सय सिटमध्ये २९९ सिटमा आइतबार मतदान भएको थियो। उम्मेदवारको मृत्यु भएपछि नौगाउँ-२ सिटमा निर्वाचन रद्द गरिएको थियो।

    बिबिसीका अनुसार निर्वाचन भएको २९९ सिटमध्ये २२३ सिटमा विजयी भएको छ। स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएकाहरूलाई पनि हसिनाकै पार्टी अवामी लिगको समर्थन रहेको बिबिसीले उल्लेख गरेको छ।

    विवादित चुनावमा ४० प्रतिशत मात्रै मत खसेको बताइएको छ। विपक्षी दलहरूले यो आँकडा पनि सही नभएको बताएका छन्।

    बहुमत प्राप्त भएसँगै शेख हसिना लगातार चौथो पटक बंगलादेशको प्रधानमन्त्री बन्ने तयारीमा छन्। हसिना २००९ देखि निरन्तर बंगलादेशको सत्तामा छिन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार