सोमबार, जेठ ७ गते २०८१

म मरिसकेको थिएँ, मेरो पुनः जन्म भयो : श्रेयस तलपडे

म मरिसकेको थिएँ, मेरो पुनः जन्म भयो : श्रेयस तलपडे

अखबार दैनिक
बिहीबार , पुस १९ २०८०
  • म मरिसकेको थिएँ, मेरो पुनः जन्म भयो : श्रेयस तलपडे

    एजेन्सी \ नयाँ दिल्ली । गएको महिना बलिउड अभिनेता श्रेयस तलपडेका लागि कठिन रह्यो । डिसेम्बर १४ मा ‘वेलकम टू द जंगल’को सुटिङ सकेर घर आउने बित्तिकै उनलाई हर्ट अट्याक आयो । तत्कालै उनलाई अस्पताल लगियो । डाक्टरहरुले उनको एंजिओप्लाष्टी गरे । बिस्तारै उनी निको हुँदै पनि छन् ।

    images

    हर्ट अट्याक पछिको जीवनलाई उनले दोस्रो जन्म भनेका छन् । ‘यसअघि जीवनमा म कहिले पनि अस्पतालमा भर्ना भएको थिइन् । तर, मेरो परिवारका कयौँ सदस्यलाई हर्ट अट्याक आइसकेको थियो । पहिलो पटक म आफैँ अस्पतालमा पुगे अनि महसुस भयो कि ज्यान रह्यो भने नै त संसार रहेछ ।’ एउटा अन्तरवार्तामा उनले हालै भनेका छन् । अझ अगाडि उनले भनेका छन्, ‘म २० वर्षको उमेरदेखि लगातार काम गरिरहेको छु । अहिले म ४७ वर्षको भए । पछिल्लो केही हप्तायता मेरो सेड्यूल निकै बिजी थियो । यसका कारण मलाई निकै थाकेको महसुस भइरहेको थियो ।’

    हर्ट अट्याक आएको दिनमा वेलकम टू द जंगलको सुटिङ भएको थियो । सुटिङको बेलामा उनले मिलिट्री एक्सरसाइज गरेका थिए । सुटिङ सक्किने बित्तिकै उनको बायाँ हात दुख्न थाल्यो । सास फेर्नै मुस्किल भइरहेको थियो । दुखाई सहन नसकेर उनी कपडा फेर्न भ्यानिटी भ्यानसम्म पनि जान सकेनन् । घर पुग्ने बित्तिकै श्रेयसको स्थिति देखेर उनको पत्निले उनलाई अस्पताल लगिन् । डाक्टरहरुले उनलाई आकस्मिक उपचार गरे । सीपीआर दिइयो । बिजुलीको झट्का पनि दिइयो । अनि उनले पुनः जीवन पाए ।

    ‘जति बेला मेरो उपचार भइरहेको थियो, कयौँ मिनेटको लागि क्लिनिकली मेरो मृत्यु भइसकेको थियो,’ उनले भने । यो घटनाबाट पाठ सिकेर उनले आफ्नो स्वास्थ्यलाई हलुकामा नलिने बताएका छन् । नियमित रुपमा डाक्टरकहाँ गइरहन पनि जरुरी भएको उनले महसुस गरेका छन् । तलपडे न त चुरोट खान्छन् न त रक्सी खान्छन् । उनी स्वस्थ जीवनशैली अपनाउँछन् । ‘यी सबै चिज गरिरहँदा  त मलाई यस्तो भयो । स्मोकिङ र ड्रिङ्किङ गर्नेलाई के होला ?’ उनले प्रश्न गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार