बुधबार, कात्तिक ७ गते २०८१

बाबुआमाको यस्ता गल्तीले टाढिन्छन् सन्तान

बाबुआमाको यस्ता गल्तीले टाढिन्छन् सन्तान

अखबार दैनिक
आइतबार, पुस १५ २०८०
  • बाबुआमाको यस्ता गल्तीले टाढिन्छन् सन्तान

    एजेन्सी \ काठमाडौँ । बालबालिकाहरूलाई राम्रो परिवेश दिने दबाब हरेक बाबुआमालाई हुन्छ । आफ्ना छोराछोरीमा सबै राम्रा बानी होउन्, उनीहरू जिन्दगीमा सफलताको शिखर चुमुन् भन्ने चाहना हरेक आमाबाबुमा हुन्छ । तर कहिलेकाँही अभिभावकहरूले यस्ता केही गल्ती पनि गर्छन्, जसका कारण बच्चाहरू आमाबाबुसँग टाढिँदै जान्छन् । आजको यस लेखमा हामीहरू तपाईँलाई यस्तै केही गल्तीबारे बताउन गइरहेका छौँ । यस्ता बानीहरू हटाएर तपाई सन्तानको मिल्ने साथी बन्न सक्नु हुन्छ ।

    images

    बच्चालाई दबाबमा राख्ने
    बच्चालाई ठिक ढंगले बाटो देखाउने, सम्झाउने बुझाउने असल प्यारेन्टिङको गुण हो । केही कुरा सम्झाउन केटाकेटीलाई डर देखाउने वा धम्काउने गर्नु हुन्न । बच्चाप्रति कठोर व्यवहार देखाउनु भयो भने तपाईँसँग आफ्नो इमोशन शेयर गर्न उनीहरू हिचकिचाउन थाल्छन् । यसो गर्दा मातापिता र बच्चाबच्चीबीच वार्तालाप घट्दै जान्छ । बच्चा मानसिक रूपले पनि राम्रोसँग विकसित हुन पाउँदैन ।

    बारम्बार अन्य बच्चासँग तुलना
    हरेक मान्छे आफैँमा युनिक हुन्छन् । बच्चामा पनि यही कुरा लागू हुन्छ । हरेक व्यक्तिको आ–आफ्नै सबल पक्ष हुन्छन् । त्यसैले बारम्बार अरू बच्चासँग आफ्ना छोराछोरीको तुलना नगर्नुस् । यस्तो गर्दा बच्चाको मनोबल कमजोर हुन्छ ।

    बच्चालाई समय नदिने
    मातापिताले आफ्नो व्यस्त समय तालिकाबाट समय निकालेर छोराछोरीसँग् बिताउनु पर्छ । यो यस्तो समय हो जसमा टिभी वा फोनको प्रयोग हुनु हुन्न । खाली भएको बेलामा फोन लिएर नबस्नुस् । बरु बच्चासँग कुनै गतिविधिमा सामेल हुनुस् । नत्र बच्चालाई लाग्न थाल्नेछ कि तपाईँको प्राथमिकता आफू नभएर फोन वा टिभी हो ।

    बच्चालाई हरेक क्षण असफलताबाट बचाउने कोसिस
    आफ्ना सन्तानलाई कुनै दुःख नहोस्, उसको आँखाबाट आँसु नै नझरोस् भन्ने चाहना मातापिताको हुन्छ । सन्तानले कहिले पनि असफलताको मुख देख्न नपरोस् उ सधैँ जीवनमा सफल भइरहोस् भन्ने चाहना हुन्छ । तर यस्तो सोचले बच्चाको विकासलाई नोक्सान पुर्‍याउँछ । किनकि असफलता पनि सफलताको मुख्य हिस्सा हो । असफलताले बच्चालाई लडेर फेरी उठ्न अनि सम्हालिएर हिँड्न सिकाउँछ । यसबाट बच्चाले पनि चुनौतीसँग लड्ने शिक्षा पाउँछ ।

    परर्फेक्शनको आशा  
    आफ्नो बच्चा पढाइदेखि खेलकुदको मैदानसम्म हरेक ठाउँमा पर्फेक्ट होस् भन्ने आशा बाउआमाको हुन्छ । तर यस्तो आशाले बच्चामा अनुचित दबाब पर्छ । बच्चालाई गल्ती गर्न दिनुस् । त्यही गल्तीबाट सिक्न दिनुस् । यसरी मात्रै उनीहरू जीवनमा सफल व्यक्ति हुन सक्छन् ।

    बच्चाको अगाडि आफैँलाई बिर्सने
    बच्चाको आवश्यकता, रुचि र चाहनाको अगाडि कयौँ मातापिताले आफूलाई भुल्छन् । आफूमाथि ध्यान दिँदैनन् । यस्तो गर्नु पनि बच्चाको लागि हानिकारक हुन सक्छ । आफ्नो ख्याल राख्नु भयो भने मात्रै तपाई स्वस्थ रहनु हुनेछ । आफू स्वस्थ भए मात्रै तपाईँले बच्चाको हेरचाह गर्न सक्नु हुन्छ । त्यसैले आफ्नो लागि पनि समय निकाल्नुस् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ