सोमबार, असार २४ गते २०८२

सभामुखमा अग्नि सापकोटाको उम्मेदवारी दर्ता,काग्रेंसले उम्मेदवारी नदिने

सभामुखमा अग्नि सापकोटाको उम्मेदवारी दर्ता,काग्रेंसले उम्मेदवारी नदिने

अखबार दैनिक
मंगलबार, माघ ७ २०७६
  • प्रतिनिधि सभाको सभामुख पदका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट अग्नि प्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा आज उम्मेदवारी दर्ता गराउनुभएको नेता सापकोटाको प्रस्तावकमा नेकपा संसदिय दलका उपनेता सुवास चन्द्र नेम्वाङ हुनुहुन्छ भने समर्थकमा नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेकपाका नेता एवं पूर्व सभामुख ओनसरी घर्ती र राजपा नेपालका नेता लक्ष्मण लाल कर्ण रहनुभएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता सापकोटाले प्रतिनिधि सभाको ओज, गरिमा र मुल्यलाई उच्च बनाइराख्न भगिरथ प्रयत्न गर्ने बताउनुभयो । उम्मेदवारी दर्ताको समय आज बिहान ११ देखि दिउँसो २ बजेसम्म रहेको छ । आजै दिउसो साडे २ वजे उम्मेदवारको दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ । सभामुख पदको निर्वाचन यहीँ माघ १२ गते हुनेछ । यसैबीच नेपाली काग्रेंसले संसदमा  सभापतिको लागि उम्मेदवारी नदिने बताएको छ ।कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो । योसँगै सभामुखमा सापकोटाको मात्रै एकल उम्मेदवारी हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ