शनिबार, जेठ ५ गते २०८१

एसियाली खेलको क्रिकेटमा नेपालले भारतसँग खेल्ने

एसियाली खेलको क्रिकेटमा नेपालले भारतसँग खेल्ने

अखबार दैनिक
सोमबार, असोज १५ २०८०
  • एसियाली खेलको क्रिकेटमा नेपालले भारतसँग खेल्ने

    १५ असोज, हान्झाउ । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ ।

    images

    आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो । समूह चरणमा नेपालले मंगोलिया र माल्दिभ्सलाई हराएको थियो ।

    नेपाल र भारतको खेल मंगलबार बिहान चीनको समय अनुसार बिहान ९ बजे सुरु हुने छ । अरू क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाले खेल्ने छन् ।

    भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश विश्वकप क्रिकेटको तयारीमा छन् । त्यसैले उनीहरुले एसियाली खेलकुदमा दोस्रो श्रेणीको टिमलाई पठाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार