शनिबार, जेठ ५ गते २०८१

विशाल श्रेष्ठ एफसी चितवनको मार्की खेलाडी

विशाल श्रेष्ठ एफसी चितवनको मार्की खेलाडी

अखबार दैनिक
बुधबार, असोज १० २०८०
  • विशाल श्रेष्ठ एफसी चितवनको मार्की खेलाडी

    १० असोज, काठमाडौं । राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा मार्की खेलाडीको रूपमा आबद्ध भएका छन् । नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि उनलाई क्लबले मार्की खेलाडीका रुपमा आबद्ध गराएको हो ।
                   
    गेम वान प्रालि अन्तर्गतको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको एनएसएल आगामी  मङ्सिर ८ देखि पुस १४ गतेसम्म दशरथ रङ्गशालामा हुँदैछ ।

    images

    एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिमहरू एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, विरगन्ज युनाइटेड, झापा एफसीरस्पोर्टिग इलाम टिमले प्रतिस्पर्धा गर्दै छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार