बुधबार, मंसिर ५ गते २०८१

नेपाली संगीतलाई विश्वबजारसँग जोड्नुपर्छ : मन्त्री किराती

नेपाली संगीतलाई विश्वबजारसँग जोड्नुपर्छ : मन्त्री किराती

अखबार दैनिक
सोमबार, भदौ ४ २०८०
  • नेपाली संगीतलाई विश्वबजारसँग जोड्नुपर्छ : मन्त्री किराती

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संगीत उद्योगको विकासका लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित निर्देशक समाजको साधारणसभा तथा श्रष्टा सम्मान कार्यक्रममा उनले संगीत उद्योगले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिन सक्ने बताए ।

    images

    मन्त्री किरातीले विश्वबजारमा नेपाली मौलिक संगीतलाई चिनाउन आवश्यक रहेको धारणा राखे । ‘गीत संगीतमा सीमाना हुँदो रहेनछ । तर सीमाना पृथ्वीमा छ । सीमाना मान्छेमा छ, यो कसले लगायो ? यी सबै ठूलाठालुहरुले लगाए,’ उनले भने, ‘पृथ्वीमा पहिले माटो पनि साझा नै थियो । यहाँको हावा पनि साझा नै थियो । यहाँको घामा साझा थियो । तर मान्छेमा सीमामा लाग्दै गयो । श्रष्टाहरु समाजको अगुवा हो । श्रष्टाहरुलाई समाजको अग्रदस्ता हुन् ।’

    श्रष्टाहरुले समाज परिवर्तनदेखि ठूलाठूला योगदान गर्ने भन्दै संगीत र सांस्कृतिक क्षेत्रले कतिपय देशमा ठूलो आर्थिक योगदान गरेको बताए । ‘नेपालमा पनि संगीत उद्योगबाट महत्वपूर्ण टेवा दिन्छ, सरकारले यो बाटोमा पाइला चाल्नुपर्नेछ । अगाडि बढ्नुपर्नेछ तर अहिलेसम्म अगाडि बढेन,’ उनले भने, ‘मौलिक गीत-संगीतको क्षेत्रमा घोत्लिएर योगदान गर्नुपर्छ । हामीले समाजलाई मात्र होइन, विश्वबजारसँग जोड्नुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ