बुधबार, मंसिर ५ गते २०८१

माओवादीले कर्णाली प्रदेशमा कार्य विभाजन टुंग्यायो, क-कसले पाए जिम्मेवारी ?(सूचीसहित)

माओवादीले कर्णाली प्रदेशमा कार्य विभाजन टुंग्यायो, क-कसले पाए जिम्मेवारी ?(सूचीसहित)

अखबार दैनिक
सोमबार, भदौ ४ २०८०
  • माओवादीले कर्णाली प्रदेशमा कार्य विभाजन टुंग्यायो, क-कसले पाए जिम्मेवारी ?(सूचीसहित)

    काठमाडौं । नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेशमा केन्द्रीय सदस्यहरूको कार्य विभाजन टुङ्गिएको छ । 

    images

    साउन ३० गते प्रदेश इन्चार्ज मातृका यादवको रोहबरमा बसेको बैठकले जिल्ला र पालिका इन्चार्जहरूको कार्य विभाजन टुङ्गो लगाएको हो । 

    १० वटा जिल्ला रहेको कर्णाली प्रदेशमा हुम्लाको इन्चार्ज झकबहादुर मल्ल, मुगुको गोमा गौतम कुँवर, जुम्लाको छिमि लामा, कालिकोटको टेकबहादुर बस्नेत र दैलेखको गोपाल शर्मा इन्चार्ज छन् । 

    यसैगरी सुर्खेतमा पूर्वमुख्यमन्त्रीसमेत रहेका महेन्द्रबहादुर शाही इन्चार्ज रहेका छन्, सोही जिल्लामा पूर्वमन्त्री बिन्दामान बिष्ट केन्द्रीय सदस्यको रूपमा रहेका छन् । 

    त्यस्तै जाजरकोटमा बसन्त शर्मा, सल्यानमा नरेश भण्डारी, रुकुममा गगन खड्का र डोल्पामा नरबहादुर बिष्ट इन्चार्ज तोकिएका छन् ।

    साउन (१७–२१)सम्म बसेको केन्द्रीय समितिको निर्णय बमोजिम अन्तरजिल्ला हेर्ने गरी केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको हो । यसैगरी प्रदेशभित्रका सबै नगरपालिका र गाउँपालिकाको जिम्मेवारीसमेत टुङ्गिएको छ । 

    कुन नपा/गापाको इन्चार्ज को को छन् ?

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ