बुधबार, मंसिर ५ गते २०८१

सबै दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न राष्ट्रपतिको आग्रह

सबै दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न राष्ट्रपतिको आग्रह

अखबार दैनिक
शुक्रबार, साउन २६ २०८०
  • सबै दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न राष्ट्रपतिको आग्रह

    २६ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा रहेका सबै राजनीतिक दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गरेका छन् ।

    images

    राष्ट्रपति पौडेललाई भेट्न शुक्रबार बिहान सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना राष्ट्रपति कार्यालय शीतल निवास गएका थिए । बिहान १० बजेदेखि आधा घण्टा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले ‘संसदमा देखा परेको राजनीतिक गतिरोध फुकाउन के भइरहेको छ ?’ भनी चासो राखेका थिए ।

    जवाफमा सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सदन खुलाउन गरेको पहल र आन्तरिक छलफलबारे राष्ट्रपतिलाई जानकारी गराएको सभामुखमा प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिए ।

    साथसाथै सभामुख घिमिरेले ‘अविभावकको नाताले पहल हुन्छ भने गरिदिनुस्’ भनेर राष्ट्रपतिसमक्ष सदन खुलाउने प्रयासका लागि सहयोग मागेका थिए ।

    त्यसपछि राष्ट्रपति पौडेलले सबै राजनीतिक दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते यता संघीय संसदको दुवै सदनको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार