बुधबार, मंसिर ५ गते २०८१

संसदको अवरोध खुलाउन पहल गर्ने माओवादीको निर्णय

संसदको अवरोध खुलाउन पहल गर्ने माओवादीको निर्णय

अखबार दैनिक
सोमबार, साउन २२ २०८०
  • संसदको अवरोध खुलाउन पहल गर्ने माओवादीको निर्णय

    २२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाउन र संसदीय समितिका सभापति चयनका गर्न पहल गर्ने निर्णय गरेको छ । त्यसका लागि प्रमुख प्रतिपक्ष, प्रतिपक्ष र सत्ता पक्षका नेताहरुसँग छलफल गर्ने निर्णय बैठकले गरेको बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

    images

    नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

    आज दिउँसो एक बजे संसद बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले पनि शीर्ष नेताहरुसँग छलफल गर्दै छन् । यही छलफलबाट समस्याको समाधान हुने माओवादी केन्द्रको विश्वास छ ।

    सदन सन्चालनका लागि सत्ता पक्षको मात्र नभइ प्रतिपक्ष पनि जिम्मेवार हुनुपर्ने भन्दै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले भने, ‘विभिन्न तहमा छलफल हुँदैहुँदै सम्माननीय सभामुखज्युले नै शीर्ष नेतालाई नै बोलाउनु भएको छ भने त्यहाँ समस्याको समाधान हुन्छ भन्ने कुरामा हामी विश्वास गर्छौं, समस्याको समाधान त हुनैपर्छ ।’

    एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गरे पनि सरकारले त्यसको आवश्यकता नभएको जनाएको छ ।

    सुन तस्करी प्रकरणमा राजश्व छलीसँग सम्बन्धित विषय राजश्व अनुसन्धान विभागले र संगठित अपराधसँग सम्बन्धित विषय सीआईबीले अनुसन्धान गरिरहेकाले त्यसबाटै निचोडमा पुग्न सकिने माओवादी नेता पाण्डेको भनाइ छ ।

    यसक्रममा सुशासनका जति पनि विषयवस्तु पनि छन् त्यसमा निर्दोष व्यक्ति पर्दैनन् र दोषी व्यक्तिले उन्मुक्ति पाउँदैनन् भनेर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले र उप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बैठकमा भनेको पाण्डेले जानकारी समेत दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार