शुक्रबार, असार १४ गते २०८२

समाज कल्याण परिषद्ले सामाजिक सेवा दिवस मनाउने

समाज कल्याण परिषद्ले सामाजिक सेवा दिवस मनाउने

अखबार दैनिक
आइतबार, असोज ५ २०७६
  • नेपाल र नेपाली समाजको सर्वाङ्गीण विकासको लागि समाज कल्याण कार्य तथा समाज सेवासँग सम्बन्धित विभिन्न क्रियाकलापलाई विकास निर्माण कार्यहरूसँग सम्बद्ध गराई समाजका कमजोर तथा असहाय व्यक्ति, वर्ग र समुदायलाई मानवोचित जीवन यापन गर्न सक्षम तुल्याउन, समाजसेवी संघ संस्था तथा व्यक्तिहरूको मर्यादा र प्रतिष्ठा बढाउन तथा गैर सरकारी सामाजिक संघ संस्थाहरूको काम कारवाहीमा समन्वय गर्ने समेतको उद्धेश्य राखी २०३४ साल असोज ६ गते स्थापना भएको सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् को उत्तराधिकारी संस्था समाज कल्याण परिषद्ले आफ्ना उद्धेश्य हासिन गर्न अगाडी बढी रहेको छ । गैरसरकारी संस्था र यसमा आवद्ध समाजसेवीहरुको मनोवल बढाउन र यस क्षेत्रमा लाग्न अभिप्रेरित गर्न एवम् सामाजिक क्षेत्रमा भए गरेका क्रियाकलापहरुलाई आम जनमानसमा पु¥याउने माध्यमको रुपमा वि.सं. २०३६ साल देखि प्रत्येक वर्ष असोज ६ गते वार्षिकोत्सवको रुपमा सामाजिक सेवा दिवस मनाउने कार्यको थलानी भएको हो । यस दिवसको मुख्य उद्धेश्य समाज सेवाको क्षेत्रमा उत्कृष्ट र उदाहरणीय कार्य गर्ने सामाजिक संघ संस्था र समाज सेवीहरुलाई पुरस्कृत गरी यस क्षेत्रमा लाग्न उत्प्रेरित गर्ने एवं समाज सेवाको क्षेत्रमा भए गरेका कार्य विवरण तथा उपलब्धिहरु आम समुदायसम्म पु¥याउने एवं सामाजिक संघ संस्थाले गरेका कामको समीक्षा गरी आगामी रणनीति तयार गर्ने रहेको छ । यस वर्ष सुखी र समृद्ध राष्ट्रिय सोच, समाज विकास हाम्रो अठोट भन्ने मुल नाराका साथ ४० औं सामाजिक सेवा दिवस भव्यताका साथ मनाउन सबैलाई हार्दिक आह्वान गर्दछु । सम्माननीय उपराष्ट्रपतीज्यूको प्रमुख आतिथ्यमा ४०औं सामाजिक सेवा दिवस समारोह असोज ६ गते मनाउने आन्तरिक तयारी पुरा समाज कल्याण परिषद्, मूल समारोह समितिले पुरा गरेको छ । तयारीको संक्षिप्त विवरण निम्न बमोजिम प्रस्तुत गर्न चाहान्छु । 1. समाज सेवाको क्षेत्रमा उत्कृष्ट सेवा गर्ने मध्ये बाट तुलसी मेहर समाज सेवा पुरस्कार प्रदान गर्न एक सामाजिक संस्थाको छनौट भै सकेको छ । त्यसैगरी उत्कृष्ट समाज सेवीहरु मध्येबाट सात जनाको छनौट भै सकेको छ । सम्माननीय उपराष्ट्रपतीज्यूबाट पुरस्कार तथा सम्मान वितरण गरिने छ । 2. असोज ६ गते विहान ७ः३० बाट ८ः३० बजे सम्म प्रभातफेरी भृकुटीमण्डपबाट सुरु हुने छ । 3. सामाजिक विकासको क्षेत्रमा भएको प्रगतीको संक्षिप्त जानकारी दिने उद्धेश्यले तयार परिएको वृतचित्र नेपाल टेलिभिजनबाट असोज ६ गते बेलुकी प्रसारण हुन गई रहेको छ । 4. सामाजिक सेवा दिवस मुल समारोहमा उपस्थित हुन करिव १८०० पाहुनालाई निमन्त्रणा गरिएको । 5. सबै प्रदेशका सामाजिक विकास मन्त्रालयको नेतृत्वमा प्रदेश स्तरमा सामाजिक सेवा दिवस मनाउन परिषद्का कर्मचारी प्रतिनिधी तथा राष्टिय अन्तराष्टिय गैरसरकारी संस्थाहरुलाई परिचालन गरिएको । 6. सामाजिक सेवा दिवस मुलुकभर मनाउन ३२० वटा सामुदायिक रेडियो समेतलाई परिचालन गरिएको । 7. पहिलोपटक २५ वटा उत्कृष्ट लेख रचना सहितको सामाजिक विकास विशेषाङ्ग प्रकाशन गरी समारोहका प्रम्ुख अतिथीज्युबाट विमोचन गर्ने कार्यक्रम रहेको । 8. ८० भन्दा बढी राष्टिय तथा अन्तराष्टिय गैससबाट मूल समारोहस्थलमा विकास प्रदर्शनी हुन गइरहेको । 9. पहिलोपटक मुल समारोह स्थल तिलगंगा आखाँ अस्पताल, अडारा संस्था र स्पाइनल कड इन्जुरी संस्थाबाट निशुल्क आखाँ, स्वास्थ्य र मेरुदण्ड सम्बन्धी विज्ञ डाक्टरहरुबाट दिनभरी उपचार हुन गईरहेको । 10. नेपाल नेत्रज्योती संघ लगायत विभिन्न अगैससले नेपालका विभिन्न ठाउँमा निशुल्क आखाँ शिविर संचालन र रक्तदान कार्यक्रम संचालन हुने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ