पर्वत जिल्ला विहादी गाउँपालिका ३ निवासी गोमादेवी पराजुलीलाई आर्थिक सहयोग गर्न परिवारले अपिल गरेको छ । ४० बर्षिया पराजुलीलाई मस्तिष्क पक्षघात भएपछि उहाँको उपचारार्थ सहयोगका लागि परिवारले देश विदेशका रहने सवै सहयोगी मनहरुलाई अपिल गरेको हो ।
विगत १४ दिनदेखि काठमाडौं बाँसवारी स्थित न्यूरो अस्पतालमा उहाँको आइसियुमा राखेर उपचार भइरहेको छ ।
उपचार खर्च दैनिक रु ३० हजार लाग्ने गरेको साथै उपचार प्रक्रिया लामो र खर्चिलो भएकोले उपचार सहज बनाउन सबैसँग सहगोगको अपेक्षा गरिएको विरामीका परिवारको भनाई छ ।
रीण खोजेको सबै पैसा उपचारमा सकिएको र थप उपचारकालागि रकमको अभाव भएपछि बैंक खाता खोलेर रकम संकलन गर्न थालिएको भतिज बिशन क्षेत्रीले जानकारी दिनुभयो ।
सहयोगको लागि प्रभु बैंकमा विरामीका श्रीमान दिपक पराजुलीको नाममा रहेको खाता नं. 03901001317777000001 [प्रभु बैंक] मा रकम जम्मा गरिदिन अनुरोध गरिएको भतिज क्षेत्रीले बताउनुभयो ।
साथै थप जानकारीको लागि 9867626952, 9847756047 मा सम्पर्क गरेर दु:खको घडीमा सहयोगी बन्नसक्नुहुने छ ।