शुक्रबार, असार १४ गते २०८२

कास्कीका १७ जना ट्राफिक प्रहरी सहित ५०० जनामा डेंगुको संक्रमण

कास्कीका १७ जना ट्राफिक प्रहरी सहित ५०० जनामा डेंगुको संक्रमण

अखबार दैनिक
आइतबार, भदौ १५ २०७६
  • भदौ १५, २०७६ पोखरा : देशैभरी डेंगुको प्रकोप डरलाग्दो तरिकाले फैलिरहेको बेला कास्की पनि यसको उच्च जोखिममा रहेको छ। अहिलेसम्म कास्कीका १७ जना ट्राफिक सहित प्रहरी करिब ५०० जनामा यसको संक्रमण भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। पोखरामहानगरका ८ र ९ वडा उच्च जोखिममा छन्। अन्य वडाहरूमा पनि यसको संक्रमण भएकाे  भेटिएका छन्।  प्रहरीलाई पनि छाडेन डेंगुले  कास्कीको पृथ्वीचोक, सिर्जनाचोक क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीहरू पनि डेंगुको शिकार भएका छन्। पोखरामा डेंगुको लागि सबैभन्दा जोखिम मानिएको क्षेत्र पृथ्वीचोक आसपास ट्राफिक ब्यवस्थापनमा खटिने ट्राफिकहरुमा डेंगुको संक्रमण देखिएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले जानकारी दिए। ‘अहिलेसम्म १७ जना त अस्पताल भर्ना भइसके,’ उनले भने, ‘८ जनाको पोखराकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अरुको प्रहरीकै काठमाडौँबाट आएका चिकित्सकले कोहीको पोखरामै कोहीको काठमाडौँमा उपचार भइरहेको छ।’ डेंगु प्रकोपकै रुपमा फैलने डरले आइतबार शिविर नै चलाएको उनले जानकारी दिए। ‘आज हामीले शिविर नै चलाएका छौँ’, उनले भने, ‘सबै प्रहरीको स्वास्थ्य परिक्षण गरेका छौँ। अरुमा पनि यसको लक्षण देखिएको छ। उनीहरूलाई पनि थप उपचारको प्रक्रिया अगाडि बढाएका छौँ।’  ट्राफिक प्रहरीको कार्यालय रहेको क्षेत्र कवाडी सामग्रीहरू थुपार्ने मुख्य क्षेत्र हो। पोखराको बसपार्क समेत रहेको उक्त क्षेत्र अहिले डेंगुको उच्च जोखिममा रहेको क्षेत्र हो। यस अघि डेंगु भएकाहरूको उपचारमा संलग्न चिकित्सकलाई पनि डेंगुको संक्रमण भएको पाइएको थियो। गण्डकी मेडिकल कलेज, फेवासीटी हस्पिटलका चिकित्सक तथा स्वास्थ्यकर्मीमा यसको संक्रमण भएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका यम बराल बताउँछन्। ‘डेंगु सार्ने लामखुट्टेले दिउँसो टोक्ने भएकोले यसले कहाँ कतिबेला टोक्छ भन्ने थाहा हुन्न’, उनले भने, ‘हामीले यसको न्यूनीकरण गर्नका लागि विभिन्न काम गरिरहेका छाैं। नगरपालिकाले, निर्देशनालय, वडाले, टोल विकास संस्थाहरूले यसको न्यूनीकरणको लागि काम गरिरहेका छौँ।’ उनले लामखुट्टेको बासस्थान नष्ट गरे मात्र यसको न्यूनीकरण गर्न सकिने बताए। thahakhabar

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ