शुक्रबार, असार १४ गते २०८२

ह्याक गरेर एटीएमबाट डेढ करोडभन्दा बढी रकम चोरी गर्ने चिनियाँ नागरिक पक्राउ

ह्याक गरेर एटीएमबाट डेढ करोडभन्दा बढी रकम चोरी गर्ने चिनियाँ नागरिक पक्राउ

अखबार दैनिक
आइतबार, भदौ १५ २०७६
  • एटीएम ह्याक गरेर चिनियाँ नागरिकले रकम झिके पनि बैंकहरुमा सर्वसाधारणको निक्षेप सुरक्षित रहेको नेपाल बैंकर्स संघले जनाएको छ । चिनियाँ ह्याकरहरुको ह्याक गरेर एटीएमबाट डेढ करोडभन्दा बढी रकम चोरी गरेका छन् । चोरी गर्दागर्दै शनिबार ५ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
    एटीएम मेसिनबाटै रकम चोरी भएपछि सर्वसाधारणको निपेक्ष सुरक्षित भए नभएको प्रश्न उठेको थियो । चोरीमा संलग्नहरुलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताए । उनले भने, ‘केही रकम चोरी भएको छ तर बैंकहरु त्यो नोक्शान ब्यहोर्न सक्षम छन् । सर्वसाधारण निक्षेपकर्ताको नोक्सान हुँदैन । तपाईहरु डराउनुपर्दैन ।’ चोरी गर्दागर्दा थाहा पाएकाले ठूलो नोक्सानीबाट जोगिएको बैंकर्स संघले बताएको छ । ‘सिस्टममा मालवेयर अट्याक भएको देखिएको छ तर सफ्टवेयरको कुन पार्ट कम्प्रमाइज गरियो भन्ने छानविन भइरहेको छ’ उनले भनेका छन्, ‘भिसा सिस्टमबाटै स्वीकृति लिएर पैसा निकालेको देखिएको छ ।’ एटीएमबाट चोरी भएको रकम कुनै व्यक्तिगत खाताबाट नभएको उनले बताए । यदि व्यक्तिगत खाताबाट नै रकम निकालिएको भए पनि बैंकले बेहोर्ने भन्दै निक्षेपकर्ताले आत्तिन नपर्ने उनले बताए । नोक्शान भएको रकममध्ये आधा रकम नगद नै जफत भएकोले धेरै तनाब पनि नभएको बताए । रकम चोरिने खतरा भएकोले शनिबार राति केही बैंकहरुको सर्भर डाउन गरिएको उनले जानकारी दिए । आइतबार कार्यालय शुरु भएपछि एटीएम कारोबार शुरु गरिएको ढुगानाले बताए । ‘अहिले हामी सुरक्षित छौं, निक्षेपकर्तालाई नआत्तिन आग्रह गर्दछु´ उनले भने । हालसम्म १ करोड ६८ लाख रुपैयाँ क्षति भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए । उनले पनि सर्वसाधारणको खातामा भएको रकममा कुनै जोखिम नरहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ