काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ९९ हजार २ सयमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी २ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।