सोमबार, साउन २८ गते २०८२

विपिन जोशीको रिहाइको माग गर्दै आमा र बहिनी इजरायल प्रस्थान

विपिन जोशीको रिहाइको माग गर्दै आमा र बहिनी इजरायल प्रस्थान

अखबार दैनिक
सोमबार, साउन २८ २०८२
  • विपिन जोशीको रिहाइको माग गर्दै आमा र बहिनी इजरायल  प्रस्थान

    काठमाडौं । हमासद्वारा बन्धक बनाइएका नपाली विद्यार्थी विपिन जोशीको रिहाइको माग गर्दै आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल प्रस्थान गर्दैछन् ।

    images

    उनीहरु सोमबार बिहान ९ बजे फ्लाइ दुबईको विमानमार्फत इजरायलतर्फ प्रस्थान गर्न लागेका हुन् । पारिवारिक स्रोतका अनुसार उनीहरूले इजरायली पक्षसँग भेट गरी विपिनको सकुशल रिहाइका लागि आग्रह गर्ने कार्यक्रम रहेको छ।

    इजरायल पढ्न गएका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि बेपत्ता बनाइएका हुन् । उक्त घटनापछि जोशी परिवारले निरन्तर विपिनको सुरक्षाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अपिल गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ