काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ । आज सुन तोलामा १८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।