काठमाडौं । बङ्गलादेशमा सम्पन्न साफ यू -२० च्याम्पियनसिपमा भाग लिएर नेपाली टोली मंगलबार स्वदेश फर्केको छ। टोलीलाई एयरपोर्टमा एन्फा केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए ।
प्रतियोगितामा भुटान र श्रीलङ्कालाई हराएको नेपालले बङ्गलादेशसँग पराजित हुँदै उपविजेता बन्न सफल भएको थियो। सोमबार भएको बंगलादेशसँगको अन्तिम खेलमा ४-० को हार बेहोरेपछि नेपाल उपाधिविहीन बनेको हो ।