सोमबार, साउन ७ गते २०८२

कैलालीमा विष खुवाएर शिक्षकको हत्या, ३ जना पक्राउ

कैलालीमा विष खुवाएर शिक्षकको हत्या, ३ जना पक्राउ

अखबार दैनिक
सोमबार, साउन ७ २०८२
  • कैलालीमा विष खुवाएर शिक्षकको हत्या, ३ जना पक्राउ

    विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनगढी घर भएका ४५ वर्षीय शिक्षक जगदीश पन्तको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रकाउ गरेको हो । लालीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार टीकापुर नगरपालिका- १ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका-९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र टीकापुर नगरपालिका- १ चारकठ्ठाका ३२ वर्षी वीरेन्द्र हमाल प्रकाउ परेका छन् ।

    images

    पन्त जानकी गाउँपालिका-४ को मनुवामा रहेको जनता माध्यमिक विद्यालयमा शिक्षण गर्दै आएका थिए । शनिबार दिउँसो उनको शंकास्पद मृत्यु भएपछि उनीहरुविरुद्ध शिक्षकका परिवारले विष खुवाएर हत्या गरेको उल्लेख गरी जाहेरी दिएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको डीएसपी सिंहले बताए । उनीहरूलाई नियन्त्रणमै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ