काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार २१.७६ अकंले बढेर २८९२.७२ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार बढे पनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार २१ अर्ब ४६ करोडको कारोबार भएको बजारमा सोमबार १६ अर्ब ३२ करोडको कारोबार भएको छ । त्यसैगरी आज १५३ खकम्पनीको सेयर मुल्य बढेको छ भने ९६ कम्पनीको सेयर मुल्य घटेको छ ।