शुक्रबार, असार १४ गते २०८२

कस्मिरसम्बन्धी पछिल्लो कदम : सिक्किमको एकीकरणपछिकै महत्त्वपूर्ण घटना

कस्मिरसम्बन्धी पछिल्लो कदम : सिक्किमको एकीकरणपछिकै महत्त्वपूर्ण घटना

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • जम्मु–कस्मिर प्रदेश भारतसँग भारतीय संविधानको धारा ३७० बाट जोडिएको थियो । यसको छुट्टै इतिहास छ । भारत स्वतन्त्र हुँदा भारतमा धेरै राजा–रजौटाहरु थिए । ब्रिटेनको शासनको समयमा भारतमा दुई थरी भूगोल थियो । भारतको प्रत्यक्ष शासन रहेको एक थरी भूगोल थियो । अर्को थरी भूगोलमा रजौटाहरु ब्रिटेनको एजेन्ट भएर शासन गर्थे । भारत र पाकिस्तान स्वतन्त्र हुने पक्का भएपछि यी सबै दुई भागमा विभाजन गर्ने सहमती भयो । भारतको संविधान बनाउने भनेर गठन भएको संविधानसभाको निर्वाचन हुँदासम्म ब्रिटेनले शासन गरिरहेको सम्पूर्ण भूगोललाई विभाजन गर्ने सहमती भएको थिएन । तर संविधान सभाको चुनावपछि बसेका बैठकहरुले त्यस्तो माहोल बन्न थालिसकेको थियो ? ब्रिटिस संसदले पास गरेको ‘इन्डिया इन्डिपेन्डेन्स एक्ट’ले ब्रिटेनले छाड्ने समयमा जुन जुन राज्य अलग हुन चाहन्थे तिनले स्वतन्त्र हुन सक्ने व्यवस्था ल्याएका थिए वा ती पाकिस्तान डोमेनियन र भारतीय डोमेनियनमध्य एउटामा एकीकरण हुने विकल्प चुन्न पाउँथेँ । भारत र पाकिस्तानमा मिसिन चाहनेले ‘इन्स्ट्रुमेन्ट अफ एनेक्सेसन’मा हस्ताक्षर गर्नुपथ्र्यो । त्यो प्रक्रिया सुरु हँुदा त संविधानसभा भारत र पाकिस्तानमा विभाजन भइसकेको थियो । विभाजन हँुदा पाकिस्तानको पक्षधर नेताहरु पकिस्तानको संविधानसभामा गए । त्यस क्रममा कस्मिरको प्रतिनिधित्व गरेर संविधानसभा रहेका नेताहरु भारतीय संविधानसभामै बसे । तिनलाई नेतृत्व गरेका थिए, अहिलेका कस्मिरी नेता फारुक अब्दुल्लाका बाबु र उमर अब्दुल्लाको हजुरबुवा सेख अब्दुल्ला । ‘इन्स्ट्रुमेन्ट अफ एनेक्सेसन’मा गर्भनरअन्तर्गत मुख्यमन्त्री भएका जति पनि प्रान्त थिए, त्यसमा आसाम, युनाइटेड प्रोभिन्स (हालको उत्तर प्रदेश), बम्बे प्रोभिन्स, मद्रास सबैले हस्ताक्षर गरे । राजाहरुको शासन रहेको रजवाडाहरु पनि लगभग सबै दुईमध्ये एउटामा समाहित हुन सहमत भए । भारततर्फ रहेका चारवटा रजौटाहरुले भारतमा मिसिन मानेनन् थिएनन् तिनलाई भने बल प्रयोग गरेर भारतमा मिसाइयो । त्यसमा प्रमुख थियो निजाम शासकहरुले राज्य गरिरहेका हैदरावाद प्रमुख भए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ