शुक्रबार, असार १४ गते २०८२

‘चोरका खुट्टा काट्’ भन्दा खुट्टा लुकाउने को ?

‘चोरका खुट्टा काट्’ भन्दा खुट्टा लुकाउने को ?

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • मलाई लाग्छ उल्लिखित उखानले कुनै समयको अनुसन्धान विधिको प्रतिनिधित्व गर्छ । यसको उपादेयता आजको समाजमा बाँकी छ कि छैन त्यो छुट्टै अध्ययनको विषय हो । जहाँसम्म समाचारको कुरा छ । हिजोआज कतिले समाचार पढ्नै छाडेका छन् । समाचार अपराध कथाको व्याख्यानमाला जस्तो लाग्न थालेको छ । यसमा समाचार पस्कनेहरुको दोष छैन । समाजमा पस्कने कुरा नै नभएपछि के पस्कने ? अपराधका घटनाकथा यति धेरै, यति धेरै छन्, पस्कन भ्याइ नभ्याइ छ । लाग्छ, सञ्चारमाध्यम पनि अब त आत्तिइसकेकोे छ । कहाँ मात्र पुग्ने ? कति मात्र अनुगमन गर्ने ? यसै त पत्रकारका मिहिनेत र धैर्यको प्रशंसा गर्ने परिपाटी हामीकहाँ विकसित छैन । प्रोत्साहन शून्यप्रायः नै छ । अपराधीले औँला ठड्याउन भने बाँकी राख्दैनन् । भ्याए सिध्याइदिन पनि पछि पर्दैनन् । हामीकहाँ सबैभन्दा बलिया अहिले अपराधीहरु नै देखिएका छन् । सत्ता उनीहरुको छ । पीडितले न्याय पाउने सम्भावना मरेको छ । न्याय दिने निकाय नै बाँकी छैन । वनस्पतिमा बनमारा, सत्तापतिमा माफिया । जे छ तिनैको छ । लोकतन्त्र गणतन्त्र सबै तिनैका लागि छ । यो आजको यथास्थितिको सामान्य चित्रण हो । निराशा होइन । अभैm प्रतीक्षा हो । पराकाष्टाको प्रतीक्षा । आँधीबेहरी त जनताको सुसेलीले चल्छ, चलिआएको छ । यो आवश्यकताको कुरा पनि हो । यसैले थप आँधीबेहरीको समय अब नजिकिँदै आएको हुन पनि सक्छ । केही वर्ष यसै जान पनि सक्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ