सोमबार, भदौ ३ गते २०८२

काठमाडौँ आइपुगे भुटानका राजा जिग्मे केशर नामग्याल वाङचुक

काठमाडौँ आइपुगे भुटानका राजा जिग्मे केशर नामग्याल वाङचुक

अखबार दैनिक
शुक्रबार, मंसिर २१ २०८१
  • काठमाडौँ आइपुगे भुटानका राजा जिग्मे केशर नामग्याल वाङचुक

    काठमाडौं । भुटानका राजा जिग्मे केशर नामग्याल वाङचुक काठमाडौँ आइपुगेका छन्। भुटानी राजालाई स्वागत गर्न परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्।

    उनी नयाँ दिल्लीबाट ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट काठमाडौं आएका हुन्। उनले बिहीबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए।

    Bhutan_7h9J439y1r.jpeg

    काठमाडौँमा उनी बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जानेछन्। भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारीलगायत सदस्य रहेका बताइएको छ।केही घन्टामात्र नेपालमा बिताएर भुटानी राजा आज नै भुटान फर्कने कार्यक्रम छ।

    bhutan-king-9.jpgbhutan-king-11.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ