सोमबार, भदौ ३ गते २०८२

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

अखबार दैनिक
सोमबार, भदौ ३ २०८२
  • राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।

    ‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ प्रसाईंले भने । उनले केही समयमै दलको नाम घोषणा गर्ने बताएका छन् ।

    ‘म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौं । त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु,’ प्रसाईंले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ