सोमबार, भदौ ३ गते २०८२

बेलायतमा हराएका सचिन सकुशल फर्किए

बेलायतमा हराएका सचिन सकुशल फर्किए

अखबार दैनिक
बुधबार, मंसिर १२ २०८१
  • बेलायतमा हराएका सचिन सकुशल फर्किए

    लन्डन बेलायतमा गत आठ दिनदेखि हराइरहेका नेपाली विद्यार्थी सचिन भट्टराई सकुशल भेटिएका छन्। बिस्टलमा संगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार बेलुका सचिन आफ्नो डेरामा फर्किएको जानकारी दिए। यसअघि, सचिनले ब्रिस्टल प्रहरीमा बयान दिएका थिए, तर कसरी हराए र कसरी भेटिए भन्ने बारे प्रहरीले केही जानकारी दिएको छैन। 

    सचिन भट्टराई उच्च शिक्षा अध्ययनका लागि दुई महिना पहिले मात्र बेलायत आएका थिए। युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डमा एमबीए अध्ययनरत २४ वर्षीय सचिन १६ नोभेम्बर शनिबार बेलुकीदेखि सम्पर्कविहीन भएका थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ