सोमबार, भदौ ३ गते २०८२

माटो खन्ने क्रममा ढिस्कोले पुर्दा दुई जनाको मृत्यु

माटो खन्ने क्रममा ढिस्कोले पुर्दा दुई जनाको मृत्यु

अखबार दैनिक
बुधबार, असोज १६ २०८१
  • माटो खन्ने क्रममा ढिस्कोले पुर्दा दुई जनाको मृत्यु

    हुम्लामा माटो खन्ने क्रममा पुरिएर दुई जनाको मृत्यु भएको छ। जिल्लाको ताँजाकोट गाउँपालिका-३, औलस्थित सियाणी खोलामा दसैँमा घर पोत्नका लागि माटो खन्ने क्रममा पुरिएर २४ वर्षीय ध्रुव शाही र २४ वर्षीया मनसरा मल्लको मृत्यु भएको हो ।

    दसैँका लागि घर सफा गर्ने सेतो कमेरो खन्न गएको समयमा उनीहरूलाई ढिस्कोले पुरेको थियो। मृतक ध्रुव शाही ताँजकोट गाउँपालिका रोजगार शाखाका प्राविधिकसमेत हुन्। यस्तै उनीहरूसँगै सेते कमेरो लिन गएका रामगाउँकै २६ वर्षीय लालबहादुर शाही घाइते भएका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ