सोमबार, भदौ ३ गते २०८२

प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान, अतिरिक्त महानिरीक्षकको जिम्मेवारी राईलाई

प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान, अतिरिक्त महानिरीक्षकको जिम्मेवारी राईलाई

अखबार दैनिक
सोमबार, असोज ७ २०८१
  • प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान, अतिरिक्त महानिरीक्षकको जिम्मेवारी राईलाई

    प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गरेका छन्। मित्रराष्ट्र ग्रीसको एथेन्समा युएस ड्रग इन्फोर्समेन्ट एड्मिनिस्ट्रेसनको आयोजनामा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ३८औं ड्रग इन्टरनेश्नल ड्रग इन्फोर्समेन्ट एड्मिनिस्ट्रेसन कन्फ्रेन्समा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन्।

    461109972_924896579670983_997022474695854330_n.jpg

    कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्य समेत सहभागी हुेनछन्। उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित बिदाई गरे।

    प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार