बुधबार, भदौ ५ गते २०८२

काठमाडौं आइपुगिन् बलिउड अभिनेत्री दिव्या दत्त

काठमाडौं आइपुगिन् बलिउड अभिनेत्री दिव्या दत्त

अखबार दैनिक
शुक्रबार, भदौ १५ २०८०
  • काठमाडौं आइपुगिन् बलिउड अभिनेत्री दिव्या दत्त

    काठमाडौं । शुक्रबारदेखि सुरु हुन लागेको सूर्य नेपाल काठमाडौं कलिङ साहित्य महोत्सवमा सहभागी हुन बलिउड अभिनेत्री दिव्या दत्त काठमाडौं आइपुगेकी छन् ।बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी उनलाई महोत्सव आयोजकले स्वागत गरेका थिए । उनी आफ्नो टिमसहित काठमाडौं आइपुगेकी हुन् ।

    बलिउड तथा पञ्जाबी फिल्मकी अभिनेत्री तथा लेखिका समेत रहेकी दत्तले महोत्सवको पहिलो दिन शुक्रबार हुने सेसनमा आफ्नो फिल्म यात्राबारे प्रस्तुति दिनेछिन् । बलिउड अभिनेत्री समेत रहेकी मनिषा कोइराला र दिव्या दुवै जना एउटै मञ्चमा देखिने भएका छन् ।

    दोस्रो दिन शनिबारको सेसनमा यी दुई अभिनेत्रीले दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यताबारे अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

    Divya-Dutta-in-Kathmandu.jpg

    सन् २०१८ मा ‘इरादा’बाट भारतको राष्ट्रिय फिल्म पुरस्कार जितेकी अभिनेत्री दत्तको नाममा प्रशस्तै अवार्ड र सम्मान समावेश छन् । सन् १९९४ को फिल्म ‘इस्कमे जिना इस्कमे मर्ना’बाट अभिनय करिअर थालेकी दत्तले भाग मिल्का भाग, अग्निपथ, वीरजारा, उमराओ जानजस्ता हिट फिल्ममा अभिनय गरेकी छन् ।

    उनले केही नेपाली फिल्ममा समेत छोटो भूमिकामा अभिनय गरेकी छन् । नीर शाह निर्देशित ऐतिहासिक कथावस्तुको फिल्म ‘वसन्ती’मा उनले मालती पात्रको भूमिकामा काम गरेकी छन् भने ‘माया नमार’मा अनु नामक पात्रको भूमिकामा छोटो रोल गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ